२३ जेष्ठ २०८३, शनिबार

प्रेस चौतारी नुवाकोटको अध्यक्षमा अधिकारी, बैतडीमा भट्ट

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । प्रेस चौतारी नेपालको नुवाकोट र बैतडीको जिल्ला अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

नुवाकोट जिल्लाको सातौँ अधिवेशनबाट श्रीराम अधिकारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । कमिटीको उपाध्यक्ष सुनिल श्रेष्ठ र महिला उपाध्यक्षमा सुमित्रा पौडेल निर्वाचित भएका छन् । सर्वसम्मत रूपमा निर्वाचित जिल्ला कमिटीको सचिवमा केदार ढकाल र उपसचिवमा केपी अधिकारी निर्वाचित भएका छन् ।

त्यसैगरी, कोषाध्यक्षमा शिवहरि पाठक निर्वाचित भएका छन् । केन्द्रीय प्रतिनिधि देवचन्द्र भट्ट, रामराजा श्रेष्ठ र सुमित्रा पौडेल निर्वाचित भएका छन् । प्रदेश प्रतिनिधिमा भोलाराज पौदे, पुरुषोत्तम रिजाल र सुशीला लामिछाने चुनिएका छन् ।

यसैगरी, प्रेस चौतारी नेपाल बैतडी जिल्लाको सातौँ अधिवेशन पनि शुक्रबार नै सम्पन्न भएको छ । अधिवेशनबाट प्रकाशचन्द्र भट्ट अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । कमिटीको उपाध्यक्ष मंगेस दयाल र राधिका भट्ट निर्वाचित भएका छन् ।

त्यसैगरी, सचिवमा प्रेम ओड निर्वाचित भएका छन् भने सहसचिवमा डम्बर बोहरा र सरस्वती मडै चुनिएका छन् । कोषाध्यक्ष हरिसिंह साउद निर्वाचित भएका छन् । सदस्यहरूमा सुरेन्द्र साउद, मदनराज भट्ट, बसन्ती पन्त र धर्मानन्द बडु निर्वाचित भएका छन् । केन्द्रीय प्रतिनिधिमा सिपी लोहिया र भागरथी महरा निर्वाचित भएका छन् भने प्रदेश प्रतिनिधिमा पार्वती ओड र कृष्ण विष्ट निर्वाचित भएका छन् ।