
काठमाडौं, १८ माघ । प्रेस चौतारी नेपाल अर्घाखाँचीको सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नवीन केसीको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । कमिटीको उपाध्यक्षमा सिद्धार्थ केसी र महिला उपाध्यक्षमा करिष्मा खनाल निर्वाचित भएका छन् ।
अधिवेशनबाट सचिवमा नवीन रसाइली निर्वाचित भएका छन् । सहसचिवमा लक्ष्मी खनाल र कमला परियार निर्वाचित भएका छन् । कोषाध्यक्षमा प्रकाश प्युठानी चुनिएका छन् । सदस्यहरूमा क्रमशः चन्द्र पाण्डे, किरण खनाल, हिमाल पौडेल, रमेशकुमार थापा, कमलप्रसाद भुसाल, केशव पन्थी, सम्झना ज्ञवाली, रिना सुनार र कोपिला आचार्य निर्वाचित भएका छन् ।
यसैगरी, केन्द्रीय प्रतिनिधिमा शोभाखर पन्थी, वसन्त श्रेष्ठ र वसन्त श्रेष्ठ, भगवता पाण्डे निर्वाचित भएका छन् । प्रदेश प्रतिनिधिहरूमा माया पन्थ, माधव वेल्वासे र सविता आचार्य चुनिएका छन् ।








प्रतिक्रिया