१४ असार २०८३, आइतबार

कांग्रेस संसदीय दलको बैठक बस्दै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक अहिले बिहान ९ बजे बस्नेछ । बैठकमा आजबाट सुरु हुने हिउँदे अधिवेशनका बारेमा छलफल हुनेछ ।

आजबाट सुरु हुने संसदको हिउँदे अधिवेशनमा पार्टीका सांसदहरुको प्रस्तुति लगायतका विषयमा बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

अध्यादेश विवादपछि अन्ततः आज संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । सत्ता पक्ष पछिल्लो समय ल्याइएका ६ वटा अध्यादेश संसदबाट पारित गर्ने तयारीमा छ भने प्रतिपक्षी संसद् रोकेर बदनियतपूर्ण तरिकाले ल्याइएको अध्यादेश फिर्ता हुनुपर्ने माग गरिरहेका छन् । ती अध्यादेश आज संसदमा पेस हुनेछन् ।