३० जेष्ठ २०८३, शनिबार

काठमाडौंको न्यूनतम तापक्रम घट्यो

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । काठमाडौंको न्यूनतम तापक्रम शुक्रबार घटेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको छ ।

बिहीबार न्यूनतम तापक्रम ८ डिग्री सेल्सिय मापन भएको थियो । बिहीबार काठमाडौंको अधिकतम तापक्रम २० डिग्री सेल्सियस मापन भएको थियो । शुक्रबार पनि सोही हाराहारीमा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तीन दिनसम्म कुनै प्रणाली विकसित नहुने देखिएकाले काठमाडौंको तापक्रम विस्तारै उकालो लाग्न सक्ने छ ।

एक साताअघि शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस मापन भएको थियो । त्यसपछि शनिबार ५.४, आइतबार १८.१, सोमबार ६.१ , मंगलबार ६.३, बुधबार ८.५ र बिहीबार ८ डिग्री सेल्सियस मापन भएको थियो ।