४ श्रावण २०८३, सोमबार

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । आजबाट संसद्को हिउँदे अधिवेशन सुरू हुँदैछ । जसअनुसार राष्ट्रिय सभातर्फको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

राष्ट्रिय सभा अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने छन् भने राष्ट्रपति कार्यालयबाट र मन्त्रिपरिषद् कार्यालयबाट मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी दिनेछन् ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले मिडिया काउन्सिल विधेयक २०८० सम्बन्धी र नवीकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धी विधेयक २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछिन् ।

साथै, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्नेछन् भने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, नीजिकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसबन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश भने उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गर्नेछन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारी सबन्धी केही नेपाल ऐनन संशोधन गर्ने अध्यादेश, र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । साथै, बैठकमा पूर्वसभामुख दमननाथ ढुंगाना, संविधानसभा सदस्य रामजीप्रसाद शर्मा, अब्दुल हमिद सिद्दकी, पूर्वमन्त्री पिएल सिंहको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ ।