२६ असार २०८३, शुक्रबार

अध्यादेश अस्विकार गर्ने विपक्षी दलको निर्णय

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहित विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । संसदको हिउँदे अधिवेशन सुरू हुनु एक दिन अघि सिंहदरबारमा बसेका प्रमुख प्रतिपक्ष दलको बैठकले अध्यादेश अस्विकार गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको बैठकमा सरकारले विधि र प्रक्रियाभन्दा बाहिर गएर अध्यादेश ल्याएको भएको भन्दै विपक्षी दलहरुले अस्वीकार गर्ने भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सञ्चारकर्मीलाई जानकारी दिए ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल सहभागि थिए ।