
काठमाडौं, १७ माघ । अमेरिकाको राजधानी वासिङ्टन डिसीमा यात्रुवाहक विमान र हेलिकोप्टर ठोक्किँदा भएको दुर्घटनामा १९ जनाको शव फेला परेको छ । दुर्घटनापछि विमान र हेलिकप्टर दुवै वासिङ्टनको पोटोमाक नदीमा खसेको थियो ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार अहिलेसम्म १९ जनाको शव निकालिएको छ । विमानमा ४ चालक दलका सदस्यसहित ६४ जना सवार थिए ।
वासिङ्टन फायर डिपार्टमेन्टका अनुसार स्थानीय समय अनुसार बुधबार राति ९ बजे रेगन वासिङ्टन राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको हो । अमेरिकी एयरलाइन्सको सीआरजे७०० बमबारर्डियर विमान र सेनाको ब्ल्याक हक एच६० हेलिकप्टर ठोक्किएको हो ।
सेनाका अधिकारीका अनुसार हेलिकप्टरमा तीन जना सवार थिए ।
अमेरिकी एयरलाइन्सको विमान कन्सास राज्यबाट वासिङ्टन आउँदै थियो । कम्पनीले राति ९ बजे दुर्घटना भएको पुष्टि गरेको छ ।
यसैबीच, रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलमा सबै उडान र अवतरण रोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।








प्रतिक्रिया