२८ जेष्ठ २०८३, बिहिबार

अमेरिकामा ६० यात्रु बोकेको विमान हेलिकप्टरसँग ठोक्कियो

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । अमेरिकाको वासिङ्टन डिसीमा विमान र हेलिकप्टर ठोक्किएको छ । स्थानीय समयानुसार बेलुकी ९ बजे विमान हेलिकप्टरसँग ठोक्किएपछि वासिङ्टन डिसीको ह्वाइट हाउस नजिकै पोटोमाक नदीमा खसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकी एयरलाइन्सको क्षेत्रीय यात्रुवाहक विमान रेगन वासिङ्टन राष्ट्रिय विमानस्थल नजिकै अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग आकाशमा ठोक्किएको अधिकारीहरूले बताएका छन् ।

विमानमा करिब ६० यात्रु र ४ जना चालक दलका सदस्य रहेको बताइएको छ । दुर्घटनामा कति यात्रुको मृत्यु भएको भन्ने पुष्टि हुन सकेको छैन ।

वासिङ्टन डिसी प्रहरी विभागले विमान दुर्घटनापछि पोटोमाक नदीमा खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ ।