२२ असार २०८३, सोमबार

गण्डकीका भौतिकमन्त्री केसीले गरे तनहुँमा निर्माणाधीन दुई पुलको अनुगमन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, १७ माघ । वि.स. २०५२ सालमा ट्रयाक खोलिएको दुलेगौडा–हर्कपुर सडक १०.१८ किलोमिटर सडक कालोपत्र २०७८ माघ १० गते भित्र सम्पन्न गर्ने गरी एमएस शंकरमाली निर्माण सेवाले विसं २०७६ कात्तिक ४ गते सम्झौता गरेको थियो ।

२५ करोड १० लाख ६० हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने भनिएको सडक हालसम्म ४१ प्रतिशत निर्माण सम्पन्न भएको छ । दुई वर्ष अघि नै निर्माण सम्पन्न हुनुपर्ने सडक निर्माण गर्न अहिले आगामी असारसम्म म्याद थप भएको छ ।

यसैगरी, गत वर्षको जेठ २० गते निर्माण सम्पन्न भैसक्नुपर्ने शुक्लागण्डकी–५ र ८ स्थित बेलचौतारा–मुस्ताङ क्याम्प जोड्ने मोटरेबल पुलको एक स्पान मात्र ढलान भएको छ । पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख तिवारीलेका अनुसार , कामको प्रगति करिव ३० प्रतिशत मात्र छ । तर मूल्य अभिवृद्धिसहित १५ करोड ५९ लाख रुपैयामा निर्माण सम्झौता गरेको निर्माण कम्पनी महाविर खिम्ती अञ्जना पराजुली जेभीले हालसम्म आठ करोड १३ लाख रुपियाँ भुक्तानी लिई सकेको छ र काम सम्पन्न गर्न २०८२ मंसिर २० सम्म म्याद थप भएको छ ।

ठेक्का अवधि सकिँदा पनि हालसम्म निर्माण सम्पन्न हुन नसकेका यी दुई पुलको बुधबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले अनुगमन गरे र निर्माण व्यवसायीका कारण ढिलाई भएका ती योजनाहरुलाई काममा गति दिन निर्माण व्यवसायीलाई निर्देशन दिए । त्यस अवसरमा दुलेगौंडा हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष देउबहादुर गुरुङले यस क्षेत्रकै सबैभन्दा पुरानो सडक समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले धुलो र हिलोको मार खेपेको बताउदै चाडो सम्पन्न गराउन ध्यानाकर्षण गराएका थिए ।

निर्माण व्यवसायी श्याम लामाले कोभिडसँगै निर्माण कम्पनीलाई आर्थिक रुपमा नोक्सान परेको बताउँदै आर्थिक समस्याका कारण काम सम्पन्न गर्न समस्या परेको बताए । उनले कामदारको संख्या बढाएर समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।