३१ जेष्ठ २०८३, आइतबार

कस्तो रहन्छ आज दिनभरको मौसम ?

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै, तराईका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । राति भने कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी र मधेश प्रदेशका तराईका धेरै स्थानहरुमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने र सुदूरपश्चिमका तराईका धेरै स्थानहरुमा लागेको हुस्सु र कुहिरो मध्याह्नसम्म तथा बाँकी तराईका भू-भागका धेरै स्थानहरुमा लागेको हुस्सु र कुहिरो मध्यान्नपछि क्रमिक रुपमा सुधार हुने सम्भावना रहेको छ । यसको प्रभावले तराई भू-भागको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।