२८ असार २०८३, आइतबार

दुई दलको गठबन्धन रहेसम्म सरकार ढल्दैन : माधव नेपाल

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १७ माघ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई ठूला राजनीतिक दलको गठबन्धन कायम रहँदासम्म वर्तमान सरकार नढल्ने बताएका छन् ।

भक्तपुर कमलविनायकमा बुधबार आयोजित एक कार्यक्रममा उनले ठूला दलको गठनबन्धन रहेका सरकार निरन्तर रहने बताए । अध्यक्ष नेपालले भने, ‘सरकारको आयु सांसदको संख्याले निर्धारण गर्ने हो । दुई ठूला दलको गठबन्धनबाट सरकार बनेको छ । त्यसैले गठबन्धन रहेसम्म सरकार रहन्छ ।’

सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाउँदै उनले संसदीय समितिमा दर्ता भएका विधेयकलाई फिर्ता नलिइ अध्यादेशमार्फत संसद्मा फास्टट्र्याकबाट पारित गराउन खोज्नु गलत भएको बताए ।