२२ जेष्ठ २०८३, शुक्रबार

अमेरिका पठाइदिने भन्दै १ करोड ठग्ने एक जना पक्राउ

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ माघ । वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का २५ वर्षीय भुवन कार्की रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार काठमाडौं-१२ बाट पक्राउ गरेको हो । उनले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए । उनले अहिलेसम्म एक करोड रुपैयाँ संकलन गरेको आचार्यले बताए ।

आकर्षक तलब सुविधाको लोभ देखाएर रकम संकलनपछि कार्की सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा उजुरी दिन पुगेका थिए ।

कार्कीलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।