२३ जेष्ठ २०८३, शनिबार

घाँस काट्न गएका एक किशोरको करेन्ट लागेर मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, १६ माघ । बाँकेको कोहलपुर नगरपालिकामा घाँस काट्न जङ्गलमा गएका एक किशोरको मंगलबार करेन्ट लागेर मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १२ का १४ वर्षीय सन्दीप अर्यालको घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

उनका अनुसार अर्याललाई कोहलपुर नगरपालिका–१२ स्थित रक्षा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्ने क्रममा करेन्ट लागेको थियो । घाँस काट्नका लागि कुसुमको रूखमा चढेका अर्यालले विद्युत्को हाइटेन्सन लाइनमा छुन पुग्दा करेन्ट लागेको प्रनाउ भण्डारीको भनाइ छ ।

रूखमा करेन्ट लागेपछि भुइँमा लडेर घाइते भएका उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।