२८ जेष्ठ २०८३, बिहिबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ माघ । नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर तोलामा एक लाख ५९ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलामा एक लाख ६० हजार १ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।