
काठमाडौं, १५ माघ । संघीय संसदका दुई वटा समितिको बैठक आज बस्दैछ ।
संसद सचिवालयका अनुसार दुवै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् । जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिले मधेश, सुदुरपश्चिम, लुम्बिन प्रदेशका हिरासतमा रहेका कैदीबन्दीका बारेमा स्थलगत अध्ययनका बारेमा छलफल गर्नेछ । बैठक बिहान ८ बजेदेखि सुरू हुनेछ ।
यसैगरी, विधायन व्यवस्थापन समितिको बैठकमा भने पुरानै अजेन्डा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गरिनेछ । बैठक दिउँसो ३ः३० बजेबाट सुरू हुनेछ ।








प्रतिक्रिया