५ असार २०८३, शुक्रबार

साहारा चितवन सहकारी ठगी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १४ माघ । प्रहरीले साहारा चितवन सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

यसअघि प्रहरीको अनुसन्धान नपुगेको भन्दै सरकारी वकिलको कार्यालयले अनुसन्धान प्रतिवेदन प्रहरीलाई नै फिर्ता गरेको थियो । प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि प्रतिवादी बनाइएको छ ।

सरकारी वकिल कार्यालयका अनुसार प्रहरीबाट थप अनुसन्धानसहितको प्रतिवेदन आएपछि अब त्यसमा अध्ययन गरेर चितवन जिल्ला अदालतमा एक सातादेखि १० दिनभित्र लामिछानेसहितका ३२ प्रतिवादीविरुद्ध अभियोग दर्ता गर्ने तयारी छ ।