२१ जेष्ठ २०८३, बिहिबार

जुम्लामा आगलागीबाट एक जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, १४ माघ । जुम्लाको सिंजा गाउँपालिका–१ जाँच गाउँको लेकाली क्षेत्र रुपाकोटमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

इलाका प्रहरी चौकी नराकोटका अनुसार आगो के कारणले लागेको हो भन्नेबारे हालसम्म एकीन जानकारी प्राप्त भइसकेको छैन ।

आइतबार दिउँसो करिब दुई बजेतिर लागेको आगो निभाउने क्रममा ८० वर्षीय स्थानीय भद्द रावलको निधन भएको सिंजा गाउँपालिकाका पूर्वअध्यक्ष देवलसिंह रावलले जानकारी दिए । आगो स्याउ बगैंचाबाट सुरु भई जंगलसम्म फैलिएको थियो ।

आगो नियन्त्रणमा लिनका लागि पूर्वगाउँपालिका अध्यक्ष रावलसहित स्थानीय बासिन्दाले भरमग्दुर प्रयास गरे पनि नियन्त्रण गर्न कठिनाइ भएको जनाइएको छ ।

सिंजा गाउँपालिकाका अध्यक्ष पूर्ण धितालले आगो नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालयसँग समन्वय भई जुम्लाबाट टोली पठाइएको जानकारी दिए । उनले आगो निभाउन सबै स्थानीय बासिन्दालाई सहयोग गर्न अपिल गरेका छन् । अहिले आगो निहिन्त्रणभन्दा बाहिर रहेको छ ।