२१ असार २०८३, आइतबार

कांग्रेस संसदीय दलको बैठक आज पनि

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ माघ । संघीय संसदको हिउँदे अधिवेशनको तयारीका लागि कांग्रेसले संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । हिजो दिउँसोबाट सुरु भएको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ ।

बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल जारी रहेको छ । साथै, केपी शर्मा ओली नेतृत्वको सरकारले हालै जारी गरेको अध्यादेशका बारेमा एकजुट र एकीकृत धारणा बनाएर प्रतिरक्षा गर्ने, संसद्मा पेश भएका विधेयक तीव्रताका साथ पारित गर्नेलगायतका विषयमा छलफल भइरहेको छ ।

दुई दिनसम्म चल्ने बैठकले माघ १८ गतेदेखि सुरू हुने हिउँदे अधिवेशनमा कांग्रेसको पोजिसन र एजेन्डाका बारेमा छलफल चलिरहेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

आगामी १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । गत पुस २६ गते बसेको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनका अधिवेशन आह्वान गरिसकेका छन् ।