
ताप्लेजुङ, १३ माघ । ताप्लेजुङमा पाथीभरा केबुलकारको विषयमा स्थानीय र प्रहरीबीच झडप भएको छ ।
शनिबार साँझ केबलकारको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप हुँदा चारजना घाइते भएका छन् । जसमध्ये दुईजनालाई प्रहरीको गोली लागेको हो ।
तेह्रथुमका यमबहादुर लिम्बु र पाँचथरको मिक्लाजुङ गाउँपालिका सगुन लावतीलाई प्रहरीको गोली लागेको हो। उनीहरूलाई विराटनगरबाट थप उपचारका लागि काठमाडौँ लग्ने तयारी भइरहेको छ।








प्रतिक्रिया