२९ जेष्ठ २०८३, शुक्रबार

श्रीमतिको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, १३ माघ । धनुषाधाम नगरपालिकामा एक महिलाको हत्या भएको छ । धनुषाधाम नगरपालिका वडा नं. ५ पर्वताका देवलाल ठाकुरको श्रीमति जनकपुरधाम उपमहानगरपालिकाको महुवा कपिलेश्वर माइती भएकी अन्दाजी २९ वर्षीया संगीता ठाकुरको हत्या भएको हो ।

प्रारम्भिक अनुसन्धानका अनुसार महिलाको श्रीमान देवलाल ठाकुरसँग राति करिब २ः३० बजे संगीताको झगडा हुँदा देवलालले टाउकोमा लौरो प्रहार गरी हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय धनुषाधामले जनाएको छ । देवलालको मानसिक अवस्था सामान्य नरहेको स्थानीयहरुको भनाइ छ ।

देवलाललाई धनुषाधाम प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ भने शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधामा पठाइएको इलाका प्रहरी कार्यालय धनुषाधामले जानकारी दिएको छ ।