२७ जेष्ठ २०८३, बुधबार

स्वास्थ्य पत्रकार मञ्चको अध्यक्षमा काफ्ले निर्वाचित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा भिषा काफ्ले निर्वाचित भएका छन् ।

शनिबार काठमाडौंमा अबेर सम्पन्न मञ्चको छैटौँ राष्ट्रिय अधिवेशनले काफ्लेसहित १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । मञ्चको वरिष्ठ उपाध्यक्षमा मेडिकलपत्र डटकमका सम्पादक बुद्धि कटेल निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, दुई जना उपाध्यक्ष पदका लागि महेश तिमल्सिना विजयी भएका छन् भने अर्को एक पदमा भने सञ्जिता खनाल र शरद शर्माको बराबर मत आएपछि एक–एक वर्ष आलोपालो गर्ने सहमति भएको छ।

त्यसैगरी, महासचिवमा शिवहरि घिमिरे, सचिवमा ज्योति अधिकारी तथा कोषाध्यक्षमा सिर्जना खत्री निर्वाचित भएका छन् । साथै, सदस्यहरुमा उपेन्द्र खड्का, सृजना कार्की, सुरेश खनाल, सन्तोष निरा राई, कृष्ण आचार्य, भोला अधिकारी, लक्ष्मी चौलागाईँ, विना न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।