
काठमाडौं, १३ माघ । प्रेस चौतारी नेपाल बाँकेको १० औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनबाट कमल डाँगी सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित भएका छन् । कमिटीको उपाध्यक्षमा रामु वली र महिला उपाध्यक्षमा पवित्रा परियार निर्वाचित भएका छन् ।
यसैगरी, सचिवमा देवेन्द्र पौडेल चुनिएका छन् भने सहसचिव जियाउल मुस्ताफा र कोषाध्यक्षमा दीपेश आचार्य निर्वाचित भएका छन् । सदस्यमा क्रमशः धना केसी, आशा परियार, सन्ध्या गैरे, रमेशचन्द्र कुमाल, प्रदीप राजवंशी, महमद अमिन हलवाई र टार्जन वली निर्वाचित भएका छन् ।









प्रतिक्रिया