७ असार २०८३, आइतबार

विद्यालय व्यवस्थापन समिति हटाउन आवश्यक : मुख्यमन्त्री सिंह

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले देशको शिक्षा सुधारका लागि विद्यालयहबाट विद्यालय व्यवस्थापन समिति हटाउनु आवश्यक रहेको बताएका छन् ।

प्रधानाध्यापकहरुको संगठन प्रिन्सिपल एसोसिएसन अफ नेपालले शनिबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले विद्यालय व्यवस्थापन समितिका कारण विद्यालयमा समेत राजनीति हुने गरेको र यसले शैक्षिक गुणस्तरीयता खस्किरहेको धारणा व्यक्त गरे । उनले विद्यालय व्वस्थापन समितिकै कारण आसेपासेका नातागोतालाई शिक्षकमा भर्ती हुने गरेको र यसले गुणस्तरीय शिक्षकको विद्यालयहरुमा भर्ती हुन नसकिरहेको आरोप समेत लगाए । यसका लागि प्रधानाध्यापकहरु स्वयं जिम्मेवार रहेको बताए । त्यसैले यो परिपाटी सुधार गर्न विद्यालय व्यवस्थापन हटाउनु आवश्यक रहेको उनले बताए ।

मुख्यमन्त्री सिंहले, ‘सबै क्षेत्रमा मासिक तलब प्राप्त हुन्छ तर शिक्षकहरुलाई ४ महिनामा तलब किन ? भन्दै प्रश्न गरे । उनले शिक्षकहरुले समेत मासिक रुपमै उपलब्ध हुनुपर्ने उल्लेख गरे ।

मुख्यमन्त्री सिंहले विकसित मुलुकहरुमा शिक्षकहरुको उच्च सम्मान हुन्छ तर हाम्रो जस्तो देशमा त्यस्तो अवस्था छैन । उनले प्रश्न गरे ‘शिक्षकहरुलाई प्रमुख जिल्ला अधिकारीभन्दा माथि किन नराख्ने ?’

मुलुकको शिक्षा सुधार्नका लागि विद्यालय तहबाटै शिक्षाको अवस्था मजबुत बनाउनु आवश्यक रहेकाले त्यसतर्फ ध्यान पुर्‍याउन संघ तथा स्थानीय सरकारलाई मुख्यमन्त्री सिंहले आग्रह गरे ।