
काठमाडौं, १२ माघ । अखिल क्रान्तिकारीको मतगणनामा विवाद सुरू भएको छ । जसका कारण जारी मतगणना मधेश प्रदेशमा पुगेपछि रोकिन पुगेको छ ।
शनिबार सम्पन्न निर्वाचनमा कालो मसीले मतदान गराएको भन्दै केही उम्मेदवारका प्रतिनिधिले विरोध गरेपछि अहिले मतगणना रोकिएको छ । र, निर्वाचन समितिका अनुसार विवाद मिलाउने प्रयास जारी राखिएको छ ।
अध्यक्षका उम्मेदवार मध्ये एक विजय सापकोटा पक्षले कालो मसीलाई मान्यता दिनुपर्ने जनाए पनि अर्का उम्मेदवार उपदेश यादव पक्षले भने असहमति जनाएको छ । अरु प्रदेशमा पछि परेका उपदेशले मधेश प्रदेशमा भने सबैभन्दा धेरै ७० मत पाएका छन् ।








प्रतिक्रिया