३० जेष्ठ २०८३, शनिबार

राप्रपाको केन्द्रीय समिति बैठक आज पनि जारी रहने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ ।

शुक्रबारदेखि धुम्बाराहीस्थित एसआर बैंन्क्वैटमा सुरू भएको बैठक एक दिन लम्बिएर आजसम्म जारी रहने भएको हो ।

जारी बैठकमा पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक र सांगठानिक परिस्थिति, वैशाख मसान्तसम्ममा सबै जिल्ला अधिवेशन गर्नेलगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।

अध्यक्ष राजेन्द्र लिङदेनले प्रस्तुत गरेको भावी राजनीतिक दिशासहित सांगठानिक अवस्था र जिल्ला अधिवेसनहरूका बारेमा छलफल जारी रहने भएको छ ।

धारणा राख्ने क्रम नसकिएकाले आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जनाए ।