
काठमाडौं, १३ माघ । संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दैछ ।
संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुनेछ । बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजेबाट सुरू हुनेछ । बैठकमा पुरानै अजेन्डा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।
आजै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्नेछ । राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको सम्बन्धमा छलफल गर्नका लागि बिहान ११ः३० बजेबाट सुरू हुनेगरी बैठक बोलाइएको छ ।








प्रतिक्रिया