
काठमाडौं, १२ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले पोखरालाई समृद्ध बनाउन छलफल गरिरहेको बताएका छन् ।
शनिबार पाँचौं टाइगर कपको उद्घाटन गर्दै मन्त्री गुरुङले पोखरालाई पर्यटकीय राजधानीको सँगै खेलकुद, स्वास्थ्य र शिक्षाको केन्द्र पनि बनाउनुपर्ने भन्दै सरकारले यसमा छलफल गरेको बताए ।
उनले भने, ‘पोखरालाई पर्यटकीय राजधानीकोसँगै खेलकुद, स्वास्थ्य र शिक्षाको केन्द्र पनि बनाउन सकिन्छ । पोखरामा हरेक दिन कुनै न कुनै महोत्सव र टुर्नामेन्ट भइरहने अवस्था होस् । सरकारले पनि पोखरालाई अझ समृद्ध बनाउने कुरामा छलफल गरिहेको छ ।’ यसको साथै, उनले पोखरालाई खेल र आइटीको हब पनि बनाउनुपर्ने कुरामा जोड दिएका छन् ।
मन्त्री गुरुङले भने, ‘हामी सबैको सपना हो । पोखरालाई खेलको हब बनाउने यति मात्र होइन अबका दिनमा पोखरालाई आइटीको हब पनि बनाउनुपर्छ । पोखरामा आइटी पार्क वा डेटा सेन्टर निर्माण गरेर पोखरालाई फेरि आधुनिक युगमा प्रवेश गराउन चाहन्छौँ ।’








प्रतिक्रिया