
बर्दिबास, १२ माघ । नेकपा (एमाले) मधेश प्रदेश कमिटीले भोलि आइतबारदेखि वडा केन्द्रीत तीनमहिने अभियान सुरु गर्ने भएको छ ।
अभियानको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले बर्दिबासमा गर्ने कार्यक्रम रहेको छ । वडामा खटिने उत्प्रेरकका लागि आइतबार भोलि बर्दिबासमा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेलले जानकारी दिए ।
कार्यक्रममा एमाले केन्द्रीय कमिटीका सदस्यहरु, केन्द्रीय निकायका सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु ,पार्टी जिल्ला अध्यक्ष र सचिव, प्रतिनिधि सभा तथा प्रदेश सभाका सदस्यहरूको सहभागिता रहनेछ ।
त्यसैगरी, प्रदेश लेखा समितिका पदाधिकारी तथा सदस्य, नगरपालिका तथा गाउँपालिकाका मेयर, उपमेयर र अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र जनसंगठनका प्रदेश इन्चार्ज र प्रदेश अध्यक्षको सहभागिता रहने सचिव पौडेलले जानकारी दिए । आइतबारबाट मधेश प्रदेशका सबै वडामा तीनमहिने वडा केन्द्रीत अभियान सुरु हुनेछ ।








प्रतिक्रिया