१८ असार २०८३, बिहिबार

संघ र प्रदेश सरकारले गरेका कामको प्रचार गर्न कार्यकर्तालाई मुख्यमन्त्री कँडेलको निर्देशन

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १२ माघ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपालका समकालीन पार्टीहरू मध्ये एमाले पार्टीको नीति र विचार अरु सबैभन्दा राम्रो पार्टी भएको बताएका छन् ।

आज एमाले वीरेन्द्रनगर नगर कमिटीको बैठकलाई सम्बोधन गर्दै नेपालमा रहेका समकालीन अरु पार्टीभन्दा विचार सिद्धान्त राम्रो एमाले भएको हुँदा जनतालाई बुझाउन सबै लाग्नुपर्ने उनले बताए । संघ र प्रदेश सरकारले राम्रो काम गरेको भए पनि जनतालाई बुझाउने काम कम भएको हुँदा सरकारले गरेको कामको प्रचारप्रसार गर्न नेता तथा कार्यकर्तालाई मुख्यमन्त्री कँडेलले आग्रह गरे ।

एमाले सरकारमा हुँदा राम्रो काम हुने तर प्रचार कम हुँदा केही मानिसले सामाजिक सञ्जालमा लेखेकै कुरालाई जनताले होकी भन्ने अवस्था आउने गरेकोले सरकारले गरेका काम जनतासम्म पुर्‍याउने काममा लाग्न एमालेका नेता तथा कार्यकर्तालाई स्थायी कमिटी सदस्य कँडेलले निर्देशन दिए ।

बैठकमा प्रदेश जिल्ला र नगर कमिटीका नेताहरू सहभागि रहेको थियो ।