१० असार २०८३, बुधबार

कांग्रेसको पूर्वपदाधिकारी बैठकमा के–के छलफल भयो ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । नेपाली कांग्रेसको पूर्वपदाधिकारी बैठकले दुई दलले बनाएको संयन्त्रबारे छलफल गरेको छ ।

शनिबार बसेको बैठकले मन्त्री र दुई दलले बनाएको समयन्त्रबारे छलफल गरिएको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

उनले भने, ‘हाम्रा मन्त्रीज्यूहरु र सरकारले जुन संयन्त्र बनाएको छ त्यसबारे समीक्षा भयो । दुई दलले बनाएको संयन्त्रले के गरिरहेको छ र सँगसँगै अध्यादेश जुन आएको छ त्यसको औचित्यका विषयमा तथा समग्रमा सरकार कसरी गइरहेको छ भन्ने विषयमा छलफल भएको छ ।’

यसैगरी, लामो समयदेखि संसद्मा विचाराधिन रहेका विधेयकहरुलाई आउँदो अधिवेशनमा तदारुकताका साथ पास गर्ने विषयमा पनि पूर्वपदाधिकारी बैठकमा छलफल गरिएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आगामी संसद् अधिवेशनमा पेस हुने विधेयकका विषयमा छलफल भएको जानकारी दिए । उनले कांग्रेसका मन्त्रीहरुको काम कारबाहीका विषयमा पनि समीक्षा भएको बताए ।