१ असार २०८३, सोमबार

लोसपाका केन्द्रीय सदस्यद्वय गुप्ता र जोशी जसपामा प्रवेश

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज (पर्सा), १२ माघ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् ।

शनिबार पर्साको वीरगञ्जमा आयोजित एक कार्यक्रममा लोसपाका केन्द्रीय सदस्य तथा मधेश आन्दोलनका अगुवा पर्साको बहुदरामाई नगरपालिका–९ का स्थानीयवासी जटाशंकर गुप्तालगायतको टोली जसपा प्रवेश गरेको हो ।

यसैगरी, लोसपाकै केन्द्रीय सदस्य एवं वीरगञ्ज–५ निवासी अवस्थित जोशी जसपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई जसपाका केन्द्रीय अध्यक्ष अशोककुमार राई, उपमहासचिव एवं खानेपानी मन्त्री प्रदीप यादवलगायतका नेताहरूले पार्टीमा स्वागत गरेका थिए ।

नवप्रवेशिहरूको प्रवेशले जसपाको सिद्धान्त र उद्देश्यप्रति भरोसा र समर्पणलाई अझ मजबुत बनाउने उपमहासचिव एवं संघीय मन्त्री यादवले विश्वास व्यक्त गरे । उनले भने, ‘समाज परिवर्तन र समृद्धिको यात्रामा हामीले लिएका कदमहरूमा उहाँ जस्तो ऊर्जावान युवा र अनुभवी अनुहारले पार्टी संगठनको निर्माणमा उचाई पाउने छ ।’