२० असार २०८३, शनिबार

‘मुलुकको आवश्यकताका आधारमा गठबन्धनको सरकार’

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १२ माघ । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता उदयशमशेर जवराले मुलुकको आवश्यकताका आधारमा कांग्रेस र नेकपा ९एमाले०बीच गठबन्धन भई वर्तमान सरकार गठन भएको बताएका छन् ।

गोदावरी नगरपालिका–१ मा पार्टीले आयोजना गरेको सयदिने विशेष अभियानअन्तर्गतको क्रियाशील भेलामा ललितपुर–१ का सांसदसमेत रहेका उनले अहिले सरकार गठनका लागि गठबन्धन गरिएको भए पनि आगामी निर्वाचनमा भने गठबन्धन नहुने स्पष्ट पारे । उनले संविधान संशोधन गरी चुनावी प्रक्रिया समयानुकूल बनाइनुपर्नेमा समेत जोड दिए ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कांग्रेस जनताको चाहनाअनुरूप विकास निर्माणमा प्रतिबद्धता रहेको बताए । वडा नं १ का अध्यक्ष श्रीराज थापाले २०४८ सालदेखि वडाको नेतृत्व नेपाली कांग्रेसले गरिरहेकाले आगामी दिनमा पार्टीलाई अझ बलियो बनाउने प्रतिबद्धता जनाए । त्यस अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।