२० असार २०८३, शनिबार

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको अध्यक्षमा न्यौपाने सर्वसम्मत

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १२ माघ । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको अध्यक्षमा मुकुन्द न्यौपाने सर्वसम्मत चयन भएका छन् । संगठनको हेटौंडामा सम्पन्न १४औं जिल्ला अधिवेशनले न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति निर्माण गरेको हो ।

संगठनको उपाध्यक्षमा रुपचन्द्र गोपाली र चन्द्रादेवी लामा चयन हुँदा सचिवमा गोपीरमण प्याकुरेल चयन भएका छन् भने सहसचिवमा सविता लामिछाने चयन भएकी छन् ।

यसैगरी, कोषाध्यक्षमा भावना सापकोटा चयन हुँदा सहकोषाध्यक्षमा दिपेश लामा चयन भएका छन् । सदस्यहरुमा सविता तिमल्सिना, भरत पोखरेल, सरोज फुँयाल, ईश्वर आले, रत्नबहादुर स्याङ्तान, गिता पौडेल, लालुमाया रुम्बा, सावित्री अधिकारी, अमृता भट्ट, अनिलकुमार यादव, रामशरण दाहाल, गिताकुमारी न्यौपाने, हरिहर खनाललगायत रहेका छन् ।