२ असार २०८३, मंगलबार

नाबालिका बलात्कारको आरोपमा पूर्वशिक्षक पक्राउ

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १२ माघ । मकवानपुर प्रहरीले नाबालिका बलात्कारको आरोपमा एक जना पुरुषलाई पक्राउ गरेको छ ।

हेटौंडा–९ मा भएको घटनामा आठ वर्षकी नाबालिका बलात्कारको आरोपमा एक जना पूर्वशिक्षकलाई पक्राउ गरिएको हो ।

नाबालिकाको परिवारले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले अन्दाजी ५० वर्षका पुरुषलाई नियन्त्रणमा लिएको हो ।

घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले बताए ।