
वालिङ, १२ माघ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले एमालेको अन्तिम लक्ष्य समाजवाद हुँदै साम्यवाद भएको बताएका छन् । एमाले वालिङ नगर कमिटीले धार्मिक पर्यटकीय स्थल गह्रौसुरमा आयोजना गरेको अर्धवार्षिक समीक्षा तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता अधिकारीले यस्तो बताएका हुन् ।
विभिन्न प्रकारका कार्यनीतिहरुको प्रयोग गर्दै जनताको बहुदलीय जनवादको आलोकमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने कार्यभारको पूरा गर्दै अन्तिम रणनीति भनेको समाजवाद हुँदै साम्यवाद रहेको अधिकारीले प्रष्ट पारे । पार्टीको अन्तिम लक्ष्य प्राप्तिका लागि पार्टीका नेता कार्यकर्ताहरुलाई सोही अनुसार पार्टी काममा लाग्नसमेत उनले आग्रह गरे ।

कार्यक्रममा एमाले वालिङ नगर कमिटीका अध्यक्ष शोभाकान्त पौडेलले पार्टीको अर्धवार्षिक गतिविधि एवं पार्टीले तय गरेको विशेष अभियान कार्यक्रमसहितको जानकारी गराएका थिए ।
अर्धवार्षिक समीक्षासँगै स्थानीयस्तरबाट पार्टीको काम र संगठनलाई सबल बनाउन वडा केन्द्रित पार्टी निर्माणका लागि तीनमहिने विशेष अभियान सञ्चालन गर्ने निर्णयसहित कार्यक्रम सम्पन्न भएको एमाले वालिङ नगर कमिटीले जनाएको छ ।










प्रतिक्रिया