२५ जेष्ठ २०८३, सोमबार

अखिल क्रान्तिकारीको आज निर्वाचन, अध्यक्षमा ५ जनाको दाबी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)को भावी नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।

पटक-पटक स्थगित हुँदै आएको मतदान आज बिहानबाट सुरू हुन लागेको हो । अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । जसअनुसार अध्यक्षका लागि हेमन्त राई, सुदिन पौडेल, विजयप्रकाश शर्मा सापकोटा, योगेन्द्र बुढा र उपदेश यादवको उम्मेदवारी कायम रहेको छ ।

अखिल क्रान्तिकारीको भावी नेतृत्वका लागि ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्यसहित २४३ जना शनिबार चुनिँदैछन् ।