
काठमाडौं, १० माघ । प्रेस चौतारी नेपाल डडेल्धुराको पाँचौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनले लक्ष्मीकुमारी ऐरको अध्यक्षतामा १३ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको हो । अधिवेशनले खुल्ला उपाध्यक्षमा मदनराज भट्ट र महिला उपाध्यक्षमा भावना पौडेललाई चुनेको छ ।
यसैगरी, सचिवमा ममता भट्ट निर्वाचित भएकी छन् भने सहसचिव खुल्लामा वीरबहादुर भण्डारी निर्वाचित हुँदा समावेशी सहसचिवमा भोजराज ताम्रकार चुनिएका छन् । कोषाध्यक्षमा भुवन भण्डारी चुनिएका छन् ।









प्रतिक्रिया