२३ असार २०८३, मंगलबार

पर्यटकको पर्खाइमा गौमुखीको गोद्रे चौर

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–प्यार अलि खान

प्यूठान, १० माघ । गौमुखी गाउँपालिका–४ पूजास्थित गोद्रे चौर स्थानीय पर्यटकलाई स्वागत गर्न आतुर छ । प्राकृतिक भ्यूटावरका रूपमा रहेको गोद्रे चौरबाट धौलागिरि तथा अन्नपूर्ण हिम श्रृङ्खलाका मनोरम प्राकृतिक दृश्यहरु, प्यूठानकै अग्लो कोठी हिमाल नाङ्गो आँखाले अवलोकन गर्न सकिन्छ ।

गाउँपालिकाले गोद्रे चौरको समग्र विकासका लागि योजनाबद्ध ढंगले काम गर्दै आएको अध्यक्ष विष्णुकुमार गिरीले जानकारी गराए । ‘गाउँपालिकाको आन्तरिक पर्यटन तर्फ गोद्रे चौर एक महत्त्वपूर्ण गन्तव्य हो ।’ गिरीले भने ।

गाउँपालिकाले यहाँ भौतिक पूर्वाधारतर्फ सिमेन्टेड कुर्ची, राष्ट्रिय झण्डा, सेल्फी जोनलगायतका संरचनाहरु बनाएको छ । गोद्रे चौरको विकासमा गाउँपालिकाले अहिलेसम्म झण्डै १८ लाख रुपैयाँ बराबर खर्च गरिसकेको उपाध्यक्ष महावीर रानाले बताए । यसवर्ष प्रदेश सरकारबाट १२ लाख रुपैयाँ बजेट प्राप्त भएको उनले सुनाए ।

यहाँ तीजको पञ्चमी मेला लगाउने नयाँ परम्परा बसालिएको छ भने महाशिवरात्रिमा लोक भजन कार्यक्रम आयोजना गर्ने तयारी छ । गौमुखी, झिमरुक र नौबहिनीको संगमस्थलको रूपमा रहेको गोद्रे चौरलाई जिल्लाकै महत्त्वपूर्ण पर्यटकीय स्थलको रुपमा प्रवर्द्धन गर्न सकेमा यहाँ जिल्ला बाहिरबाटसमेत पर्यटकहरू आउनेछन् ।