९ असार २०८३, मंगलबार

हेटौंडामा एक जना मृत फेला

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १० माघ । मकवानपुरको हेटौंडा उपमहानगर-९ लामसुरेमा एक जना पुरुष मृत फेला परेका छन् ।

बुधबार साँझ हेटौंडा-९ लामसुरेस्थित सिमेन्ट फ्याक्ट्रिको मोडको नालामा हेटौंडा-१३ बस्ने अन्दाजी ६२ वर्षीय मिनबहादुर बल मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

बललाई घोप्टो परी मृत अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालको शव गृहमा राखिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।