
काठमाडौं, १० माघ । आज संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार ती सबै बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपाल मेडिकल व्यवसायी संघ र नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग छलफल हुनेछ । बैठक बिहान ११ः३० बजे बोलाइएको छ ।
यसैगरी, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ । बैठकमा केही नेपाल ऐनलाइ संशोधन गर्न बनेको विधेयकको सबन्धमा श्रम, सामाजिक तथा रोजगार मन्त्रालयसँग सबन्धित दफाहरूमा छलफल हुनेछ । साथै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । बैठक बिहान ११ः३० बजेबाट सुरू हुने समितिले जनाएको छ ।








प्रतिक्रिया