२८ असार २०८३, आइतबार

‘ब्याक टु लाइफ’ को सहयोगमा गोलन्जोरमा तीनवटा स्वास्थ्य केन्द्रको भवन निर्माण सुरु

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, ८ माघ । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा तीनवटा सुविधा सम्पन्न सामुदायिक स्वास्थ्य केन्द्र बन्ने भएका छन् ।

गोलान्जोर गाउँपालिकाको वडा नं. ६ घोक्सिला, वडा नं. ४ तीनकन्याको किराँते र माझकुविण्डेमा ब्याक टु लाइफको सहयोगमा सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माण हुने भएको हो ।

गाउँपालिका अध्यक्ष शंकराज बराल र ब्याक टु लाइफका निर्देशक अच्युत प्रसाद पौडेलले वडा नं. ४ किराँते सामुदायिक स्वास्थ्य केन्द्र, माझकुविन्डेमा रहेको तीनकन्या सामुदायिक स्वास्थ्य केन्द्र र घोक्सीला सामुदायिक स्वास्थ्य केन्द्रको भवन संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
ब्याक टु लाइफ इभी जर्मनी नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको ४ करोड ७१ लाख रुपैंया बराबरको लागतमा हेल्थपोष्ट हरूको निर्माण सुरु गरिएको छ ।

ब्याक टु लाइफको स्थानीय साझेदार संस्था समुदाय पद्धति विकास सेवा (सिएसडिएस) सिन्धुलीका ओभरसियर करण कार्कीका अनुसार नेपाल सरकारले तोकेको हेल्थ पोस्ट भवनको मापदण्ड अनुसार डिजाइन गरिएको हो ।

स्वास्थ्य केन्द्रमा आकस्मीक कक्ष, औषधी कक्ष, प्रसूति कक्ष, पूर्व प्रसूति कक्ष, उपचार कक्ष, दर्ता कक्ष, चिकित्सक कक्ष र बहु उपयोगी कक्ष समेत रहेको छन् । हेल्थ पोस्ट भवनको निर्माण कार्य १२ महिनाभित्र सम्पन्न गरेर हस्तान्तरण गरिने ब्याक टु लाईफका मेनेजर अनुप पौडेलले जानकारी दिए ।

निर्माणको जिम्मा वेदालय कन्ट्रक्सन भक्तपुरले पाएको छ ।