
विराटनगर, ९ माघ । लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल पोखरेलविरूद्व अदालतमा मुद्दा दर्ता भएको छ ।
ठगी आरोपमा उनीविरूद्व जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको हो । पोखरेलविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को उपदफा (१) द्वारा निषेधित ऐनको उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा २४९ को उपदफा (३) को देहाय (ग) बमोजिम ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको माग दाबी लिएर अभियोग दर्ता भएको हो ।
प्रहरीले उनलाई २५ पुसमा पक्राउ गरेको थियो । एमबीबीएसमा नाम निकालिदिने भन्दै उनले सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको खुलेको थियो ।








प्रतिक्रिया