३१ असार २०८३, बुधबार

सुनको भाउ एकैदिन तोलामा १९ सय रुपैयाँले बढ्यो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । नेपाली बजारमा आज बुधबार सुनको भाउ तोलामा १९ सय  बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १९ सय रुपैयाँले बढेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ १ लाख ५८ हजार १०० रुपैयाँ रहेको थियो । पछिल्लो केही दिनयता सुनको मूल्य निरन्तर रुपमा बढेको छ ।

यता, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १८ सय ९५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १८ सय ७५ रुपैयाँ कायम रहेको थियो ।