७ असार २०८३, आइतबार

डेढ किलो गाँजासहित तीन जना पक्राउ

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ९ माघ । अवैध लागूऔषध बेच्दै गर्दा बागलुङको गल्कोटबाट तीन जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय गलकोट बागलुङबाट प्रहरी निरीक्षक देवराज काफ्ले समेतको प्रहरी टोलीले गलकोट नगरपालिका वडा नं. ८ थालेपोखरास्थित गैराडाँडाबाट तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमा गलकोट नगरपालिका वडा नं. ८ थालेपोखरा बस्ने वर्ष ५१ को ओमबहादुर कामी, सोही ठाउँका वर्ष ३७ को गुन्जबहादुर विक र वर्ष २६ को कृष्ण विक रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी विजय यादवले जानकारी दिए । उनीहरुलाई अवैध लागूऔषध गाँजा किनबेच गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीको दाबी छ ।

उनीहरुको साथबाट गाँजा एक किलो चार सय ३६ ग्राम बरामद भएको पनि डिएसपी यादवले बताए ।

पक्राउ परेका तीनै जनाविरुद्ध बागलुङ जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी कसुर मुद्दामा पाँच दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।