१४ असार २०८३, आइतबार

पूर्वराज्यमन्त्री शर्माको निधन

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । पूर्वराज्यमन्त्री तथा संविधान सभा सदस्य रामजीप्रसाद शर्माको ६८ वर्षको उमेरमा निधन भएको छ । उनको भारतमा उपचारको क्रममा निधन भएको हो ।

मिर्गौलामा समस्या भएपछि पूर्वमन्त्री शर्मालाई उपचारका लागि भारत लगिएको थियो । शर्मा बागलुङका पुराना वामपन्थी नेताका रुपमा परिचित थिए । उनले लामो समय एमालेको राजनीति गरेका थिए ।

उनी संविधानसभामा बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।