२ श्रावण २०८३, शनिबार

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । संघीय संसद्अन्तर्गतका चारवटा समितिको बैठक आज बस्दैछ ।

मंगलबार पहिलो बैठक बिहान ११ः३० बजे उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता हित समितिको बस्दैछ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुने कार्यसूची रहेको छ ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने छ । बैठकमा महान्यायाधिवक्ता कार्यालयको कामकारबाहीबारे छलफल हुनेछ ।

यस्तै, सार्वजनिक लेखा समितिको बैठक बिहान ११ः०० बजे सिंहदरबारमा सुरु हुनेछ । बैठकमा उपसमितिहरुले समितिमा छलफल गर्ने भनी औंल्याएका विषय र समितिमा प्राप्त उजुरी उपरहरु सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । दिउँसो ३ः०० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल हुनेछ ।