२२ असार २०८३, सोमबार

एमालेको सचिवालय बैठक बस्दै

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह ४ बजे बस्नेछ ।

सचिवालय बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रिय सभा सदस्य बामदेव गौतमको बारेमा छलफल हुने जनाइएको छ । यसअघि दुई पटक अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्ता सकारात्मक भएको भन्दै एमालेमा प्रवेश गर्ने गौतमले जनाइसकेका छन् । सम्भवतः उनलाई सचिवालय बैठकले स्वागत गर्ने र जिम्मेवारी तोक्न सक्छ ।