१ असार २०८३, सोमबार

सुनको मूल्य घट्दा चाँदीको स्थिर

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ माघ । नेपाली बजारमा आज सोमबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार एक सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन आइतबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आइतबार प्रतितोला एक हजार ८६० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।