२१ असार २०८३, आइतबार

पेस्तोलसहित भारतीय नागरिक पक्राउ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ७ माघ । रौतहटबाट सशस्त्र प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपाल-भारत सीमा क्षेत्र नजिक पर्ने ईशनाथ नगरपालिका वडा नं. ४ को लतमरीबाट सशस्त्र प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।

भारत विहार पूर्वी चम्पारण जिल्ला मोतिहारी बसन्तपुर ग्रामपञ्चाय वडा नम्बर ९ का २६ वर्षीय धनञ्जयकुमार झालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गणका गणपति (एसपी) विक्रम हुमागाईंले बताए ।

उनका अनुसार पक्राउ परेका झाको साथबाट अटोमेटिक पेस्तोल १ थान, म्याग्जीन १ थान, ७.६७ मि.मि ४ राउण्ड गोली बरामद भएको छ । घटनास्थालबाट विआर ०५ बीडी १२२४ नम्बरको मोटरसाइकल बरामद गरिएको उनले जानकारी दिए ।

तीन जना व्यक्ति एक होटलमा बसेर खाजा खाइरहेको र गतिविधि शंकास्पद रहेको खबर पाउन साथ सशस्त्र प्रहरी बलको टोली मठियाबाट खटिएको एसपी हुमागाईंले बताए ।

आइतबार राति साढे ८ बजेको समयमा त्यस पसलमा सशस्त्र प्रहरीको टोली पुग्दा दुई जना भागे पनि हतियार बोकेका एक जनालाई पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले जनाएको छ । पक्राउ परेकामाथि आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको रौतहट सशस्त्र प्रहरीले जानकारी दिएको छ ।