
विराटनगर, ७ माघ । कोशी प्रदेश सभाको छैटौँ अधिवेशन आज अपरान्ह २ बजे बस्ने भएको छ ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोशी प्रदेशका प्रमुख परशुराम खापुङले अधिवेशन आह्वान गरेका हुन् । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम (१) बमोजिम कोशी प्रदेशसभाका सबै सदस्यलाई जानकारीका लागि सूचना जारी भएको कोशी प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।










प्रतिक्रिया